१७ असार २०८१, आईतवार
Follow Us

वैशाख २५ पछि लकडाउन खुकुलो बनाइने

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०७७, शुक्रबार १५:५८

काठमाडौ । सरकारले वैशाख २५ गतेदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरे ।

उनले घरमा बिरामी भए अस्पतालसम्म पु¥याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको बताए । लकडाउन विगतको भन्दा नयाँ ढंगले जानुपर्ने भन्दै उनले अब सहजीकरण गर्दै जाने तयारी रहेको बताए ।

समितिले कोरोना संक्रमणको परीक्षणको दायरा बढाएर प्रत्येक परिवारसम्म पु-याउन निर्देशन दिएको थियो । समितिले सरकारलाई कोरोना भाइरसले पारेको प्रभावको विवरण समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको छ ।

समितिले विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना बनाउन पनि भनेको छ । ५७ वर्ष अगाडिको ऐनले अहिलेको परिस्थितिलाई सम्बोधन गर्न नसक्ने भएकाले छरिएर रहेका कानुनलाई एकीकृत गर्नुपर्ने समितिको ठहर छ ।