४ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७७, सोमबार १०:२२

काठमाडौं- ‘अर्थर गन’ ले परिचित दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन्। उनले आइडलमा सुरुदेखि नै प्रसंशा बटुल्दै आएका छन्। आइतबार जोन डेनभरको ‘टेक मी होम कन्ट्री रोड’ गीत गाउँदै स्टेजमा पुगेका उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिँदै भोट गर्नेहरु प्रति आभारी प्रकट गरेका छन्। उनले फेसवुकमा लेखेका छन्, ‘यो ठाउँमा उभिन पाउनु र मेरो आवाज तपाईहरुसम्म पुर्याउन पाउनु सपना बाहिरको कुरा थियो।’

दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ। एकजनाले ३० पटकसम्म भोट गर्न सक्नेछन्। न्युयोर्क समय अनुसार आज बेलुका ८ बजे अमेरिकन आइडलको शो सुरुवात हुनासाथ भोटिङ सुरु भएको छ। अमेरिकामा आर्थर गनलाई मतदान गर्न सबै समुदायले सूचना जारी गरेका थिए। हालसम्म अमेरिकन आईडलमा सहभागी हुने दिवेश पहिलो नेपाली हुन।

शोका निर्णायकहरू लियोनेल रिची, क्याटी पेरी र लुक ब्रायन तीनै सदस्यले दिवेशको प्रसंशा गर्ने गरेका छन्। ५ वर्ष अघि अमेरिका गएका दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आएका छन्।