१५ असार २०८१, शुक्रबार
Follow Us

कोभिड-१९ प्रभावित देशका नेपालीलाई एनआरएनएको सहयोग

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७७, बुधबार १०:१७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विभिन्न देशमा रहेका कोभिड-१९ पीडित नेपालीलाई आर्थिक सहयोग उपब्ध गराएको छ ।

एनआरएनए महासचिव डा. हेम राज शर्माका अनुसार कोभिड-१९ बाट बढी प्रभावित देशमध्य थप ५ देशको लागि संघले बुधबार आर्थिक निकासा दिएको हो । आर्थिक सहयोग पाउने देशहरुमा बहराई, स्पेन, पोर्चुगल, ईटालीले ५ हजार डलर र माल्टामा रहेका एनआरएनएका लागि ३ हजार अमेरिकी डलर निकासा भएको छ ।

संघले पहिलो चरणमा कुवेत, युएई, सउदी अरब र साईप्रसमा रहेका नेपालीलाई संघका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।

कोरोना भाइरसको संक्रमणले गत शनिवार (२ मे २०२०) सम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार २७ देशमा रहेका ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित छन् ।