१७ असार २०८१, आईतवार
Follow Us

आज साँझ ७ बजे दीप प्रज्वलन गर्न प्रधानमन्त्री ओलीको आह्वान

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७७, बिहीबार ०४:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । उनले बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् । उनले सरकारले कोरोना संक्रमण नियन्त्रण्का लागि सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको पनि उल्लेख गरेका छन् ।

आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्ने प्रधानमन्त्री ओलीको चेतावनी छ ।