२१ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजा अङ्कित नोट बजारमा नपठाउन राष्ट्र बैंकको निर्देशन

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०७७, आईतवार १५:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट भुक्तानी गर्नुपूर्व कीटाणु र भाइरसरहित बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सफा नोट नीति २०७३ लाई संशोधन गर्दै राष्ट्र बैंकले निश्चित प्रक्रिया अपनाएर नोटलाई भाइरसरहित बनाउन निर्देशन दिएको हो । नोट ओसारपसार गर्ने बाक्सा र ठाउँ पनि सफा हुनुपर्नेछ ।

यस्तै झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अङ्क, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, लेखिएको, कोरिएको र मेटिएको च्यातिएको वा पूर्वराजा अङ्कितको नोटलाई निष्कासन अयोग्य नोटको रुपमा निष्कासन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नोटमा स्टिचको प्रयोग नगर्न र रबर तथा पेपर ब्यान्ड प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तै एटीएम मेसिनलगायतका माध्यमबाट बजारमा पठाउन सकिने नोटमा हरियो रङ्गको स्लिप प्रयोग गर्न र अयोग्य नोटमा रातो रङ्गको स्लिप प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।