२२ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा बाहिरी व्यक्तिसंग यौनक्रिडा गरे गैरकानूनी हुने

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७७, आईतवार २३:१४

लन्डन। बेलायतमा कसैले घरको बाहिर वा बाहिरको व्यक्तिसंग घरमा यौन सम्बन्ध राखेमा सोमबार देखि अवैधानिक हुने भएको छ ।

सरकारले नयाँ लकडाउन उपायहरू प्रस्तुत गर्दै , घरबाहिरबाट आएर निजी स्थानमा यौन सम्पर्क गरे गैरकानून हुने जनाएको छ।

बेलायतमा सार्वजनिक ठाउँमा यौन सम्बन्ध राख्नु पहिले नै अवैध छ। सरकारले संसदमा प्रस्तुत गर्न लागेको नयाँ कानूनले एक भन्दा बढी व्यक्तिको भेलामा घर भित्र रहन प्रतिबन्ध लगाएको छ।

बेलायतले तालाबन्दीको बेला घरेलु हिंसा अपराधमा आश्चर्यजनक बृद्धि देखिएको छ। नयाँ कानुन अनुसार कसैको घरमा सुत्न जोखिम भए सो बाट बच्न सक्ने अनुमति दिईएको छ।