२८ बैशाख २०८१, शुक्रबार
Follow Us

भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०७७, सोमबार ०८:४१

भैरहवा । भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस संंक्रमित आज बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज भएपछि उनीहरु खुशीले अस्पताल परिसरमै नाचगान गरेका थिए । उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।

अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३ जना डिस्चार्ज भएका हुन् । सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना पनि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् ।

उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो । भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् ।

गैडहवा गाउँपालिकाका एकै घरका ६ जना थिए ।डिस्चार्ज हुनेमा भीम अस्पतालमा ल्याइएका कोरोना संक्रमितको समूह पहिलो हो । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ ।