२० बैशाख २०८१, बिहीबार
Follow Us

आज नेपालमा २ सय ७९ थपिए, संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७७, बुधबार १२:०१

काठमाडौं । गत २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १, उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १ जना, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षण्मा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवपरासी पश्चिमका ५ जनामा पोजेटिभ देखिएको उनले बताए ।

यस्तै पाल्पामा १२, प्युठानका ६ रुपन्देहीका ७ जना भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३, बर्दिया १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सप्तरीका ६ दैलेखका २५ जाजरकोटका ३, सुर्खेतका ९ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती अस्पतालमा भएको परीक्षणमा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जना र धुलिखेल अस्पतालमा भएको परीक्षणमा सर्लाही १० र कपिलवस्तुको १९ जनामा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ९० जनासहित आजसम्म ६ सय ७४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको छ ।

अहिले देशभरी १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन् । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।