३० बैशाख २०८१, आईतवार
Follow Us

स्याङ्जामा कोरोना संक्रमितहरु आन्दोलनमा

नेपालब्रिटेन संवाददाता
२ असार २०७७, मंगलवार ०७:३६

वालिङ । उपचारमा बेवास्ता गरेको भन्दै स्याङ्जामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु आन्दोलनमा उत्रेका छन् । कालिका अस्पताल हेलुमा राखिएकाहरुले आन्दोलन थालेका हुन् । भीरकोटको कालिका सामुदायिक आइसोलेशन अस्पतालमा रहेका गल्याङबासीहरुले आन्दोलन गरेका हुन् । कालिका सामुदायिक अस्पताल हेलुमा अहिले ५१ जना संक्रमित आइसोलेसनमा छन् ।

आइसोलेसनमा उपलब्ध गराईको खाना तथा पानी शुद्ध नभएको र उपचारमा बेवास्ता गरिएको उनीहरुको आरोप छ । संक्रमित भएर अस्पतालमा बसेदेखि चिकित्सकहरुले चेकजाँच समेत नगरेको उनीहरुको भनाइ छ । अत्यावश्यक लत्ताकपडा र औषधि समेत नपाएको पनि संक्रमितले बताएका छन । अस्पतालले भने सरकारले तोके अनुसार नै सेवा सुबिधा दिइरहेको दावी गरेको छ ।

यसअघि गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहँदा पनि संक्रमितहरुले पानीको विषयमा आन्दोलन गरेका थिए । स्याङजामा सात जना संक्रमित निको भएर घर फर्केका छन । एक जनाको मृत्यु भएको छ ।