२० फाल्गुन २०८२, बुधबार
Follow Us

नेपालमा थपिए एकैपटक ५८६ कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
३ असार २०७७, बुधबार १०:४४

काठमाडौँ । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । योसँगै सङ्क्रमितको सङ्ख्या ७ हजार १७७ पुगेका छन् । हालसम्म ११६७ जना निको भई घर फर्किएका छन् । जसमा एक सय १२ महिला र एक हजार ५५ पुरुष रहेका छन् । सङ्क्रमितमध्ये हालसम्म २० जनाको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

धेरै पढिएको