२८ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

sarusaru
५ असार २०७७, शुक्रबार ०७:१२

पर्वत – आफ्नो अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्वत अस्पतालले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा बन्द गरेको हो । अस्पतालले विज्ञप्ति प्रकाशित गरी इमर्जेन्सी बाहेकका सबै सेवा बन्द हुने जानकारी दिएको छ । राष्ट्रिय प्रयोगशाला टेकुमा अस्पतालका स्वास्थ्यकर्मीको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएपछि अस्पतालले यस्तो निर्णय लिएको हो । अस्पतालको इमर्जेन्सी सेवा भने खुल्ने अस्पतालका डाक्टर शिशिर देवकोटाले जानकारी दिए ।