२८ बैशाख २०८१, शुक्रबार
Follow Us

क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक पुरुषको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ असार २०७७, शुक्रबार ०८:३०

गुल्मी । भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसबाट पीडित उनी भारतमा उपचार गरेर फर्किएका थिए । भारतबाट आएपछि उनी होम क्वारेन्टिनमा बसेका थिए । हिजो उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए ।

उनको स्वाब परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा पीसीआर परीक्षणको लागि ९ सय ७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५ सय ४८ जनाको रिपोर्ट आउन बाँकी छ ।