२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

नेपालब्रिटेन संवाददाता
५ असार २०७७, शुक्रबार १२:०८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ३३८ पुरुष र ८८ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

नयाँ थपिएसंगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ८ हजार २७४ पुगेको छ । जसमा ७५६७ पुरुष र ७०७ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म १ हजार ४०२ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।