१५ बैशाख २०८१, शनिबार
Follow Us

भोजपुरमा आगलागी हुँदा ३ वर्षीया बालिकाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार ०५:१९

भोजपुर । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीमा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको मृत्यु भएको हो ।

जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा उनको मृत्यु भएको हो । विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जल्दा १७ लाख बराबरको क्षति भएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।