३० बैशाख २०८१, आईतवार
Follow Us

सांसद छन्त्यालको निधन

नेपालब्रिटेन संवाददाता
१७ असार २०७७, बुधबार ०६:३०

काठमाडौं । प्रतिनिधिसभा सदस्य एंव संविधानसभा सदस्य ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्र काठमाडौंमा निधन भएको हो । अघिल्लो आइतबार उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी छन्त्याल लामो समयदेखि मुटुको समस्या देखिएपछि एक महिनादेखि अस्पतालमा उपचाररत थिइन । मुटुमा समस्या देखिएको पछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागि हुन सकेकी थिइनन् । छन्त्याल अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुन् ।