२९ बैशाख २०८१, शनिबार
Follow Us

अलमल नगरी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको आग्रह

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७७, शनिबार ०७:१६

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन् । उनले कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातीय/धार्मिक द्वेष, राज्यका अंगमाथि हस्तक्षेपले मुलुक संकटतर्फ गएको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई हिटलरसँग तुलना गर्दै नेता भट्टराईले हिटलर पनि निर्वाचित थिए, चरम राष्ट्रवाद उनको पनि हतियार थियो, आखिर के भयो भनेर प्रश्न समेत गरेका छन् । उनले नेकपालाई अलमल नगरी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाउन आग्रह समेत गरेका छन् ।

नेता भट्टराईले संसदबाटै समस्याको समाधान खाज्नुपर्ने पनि उल्लेख गरेका छन् । नेकपाको विवादका बारेमा टिप्पणी गर्दै नेता भट्टराईले ट्वीटरमार्फत नेकपा किन अलमलमा परेको भन्दै प्रश्न गरेका हुन् ।