पर्सा । पर्सामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । दुई जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । सबैको स्वाव संकलन साउन ६ गते गरिएको थियो ।
पर्साको वीरगञ्जमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँको मृत्यु भएपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
उहाँ गण्डक अस्पतालमा भर्ना हुनुभएको थियो । पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
यो सँगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उहाँ निमोनियावाट ग्रसित हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएपछि उहाँलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र सोही दिन साँझ उहाँको मृत्यु भएको हो ।