१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दयाहाङ र रिचाले उत्कृष्ट कलाकार छान्ने

नेपालब्रिटेन डट कम्
२१ असार २०७३, मंगलवार १९:५१

काठमाडौं । अभिनेता दायाहाङ राई, अभिनेत्री रिचा शर्मा, र कलाकार अनुप बरालले अभिनयमा उत्कृष्ट प्रतिभा खोज्ने भएका छन् । नेक्स्ट मोडल्स नेपाल यसै बर्षबाट सुरु गर्न लागेको रियालटी सो ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’ मा यि कलाकार जर्जका रुपमा रहने भएका छन् ।
आयोजक नेक्स्ट मोडल्स नेपालले एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगिताको यहि असार २२ गते बुधबारबाट छनौट चरणको अडिसन सुरु हुने जानकारी गराएको छ । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जुनै स्थानमा रहेका प्रतियोगीले पनि यसमा सहभागिता जनाउन सक्ने आयोजकले एक बिज्ञाप्ती मार्फत जनाएको छ ।
उपत्यका बाहिरको प्रतियोगीलाई ,भिडियो मार्फत चयन हुने ब्यवस्था मिलाएको र उपत्यका भित्र ‘काठमाडौ , ललितपुर र भत्तपुर’का प्रतियोगीले नेक्स्ट मोडल्स नेपालको कार्यलय अनामनगरमा आवेदन दिन सक्ने ब्यबस्था मिलाइएको छ ।
युवा युवतीको अभिनय मोहलाई सम्मान गर्दै अभिनयमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउने र ति प्रतिभालाई उचित अवसर प्रदान गर्ने उदेश्य कार्यक्रमको रहेको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।
बिभिन्न चरणबाट छानिएका ६० प्रतियोगिलाई मात्र ३५ दिने प्रशिक्षमा सहभागि गराइनेछ । प्रशिक्षणमा सहभागी मध्यबाट टप ४०,टप २० ,टप १० र टप ५ हुँदै उत्कृष्ट एक छानिने नेक्स्ट मोडल्स नेपाल अध्यक्ष रवि धमलाले जानकारी दिए ।
नेपाली युवायुवतीको अभिनय कला बाहिर ल्याउने उदेश्य रहेको प्रतियोगीतामा अनुपबिक्रम, परियार, बिनोद पौडेल, महेश त्रिपाटी लगायतको प्रतियोगीलाई प्रशिक्षक रहनेछ । प्रतियोगीताको विजेताले चलचित्र, म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै नगद र बिभिन्न उपहार पनि प्राप्त गर्न सक्नेछन् ।