१२ बैशाख २०८१, बुधबार
Follow Us

‘बिचौलिय समाप्त पार्ने एनआरएनएको अग्रगामी प्रस्ताव’

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७७, बुधबार १६:२८


राजु शैयद ।

साउदी अरब । गैरआसीय नेपाली संघले १७ वर्षपछि आफ्नो संगाठानिक संरचनालाई परिवर्तन गर्न लागेको छ । गैरआवासी नेपाली संघका अध्यक्ष कुमार पन्तले आफ्नो चुनावी घोषणापत्रमा प्रस्ताव गरेको निःशुल्क सदस्यता वितरण र केन्द्रीय प्रतिनिधिको दर्ता शुल्क खारेजीले एनआरएनए चुनावलाई दशैं मनाउनेहरुको बिल्लीबाठ हुने भएको छ ।
संघको आगामी विशेष महाधिवेशनमा पेश हुन लागेको सो प्रस्तावका बिरुद्धमा केही बिचौलियाहरु सक्रिय हुने प्रायः निश्चित छ । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघको अभियानमा मध्यपूर्वमा बसेर नियाल्दै गर्दा भ्रमको खेती गर्नेहरुलाई बुँदागत अनुभव सुनाउन चाहन्छु ।

१. निःशुल्क सदस्यता वितरण गर्दा संस्था धरापमा पर्छ भनी भ्रम फैलाउनेहरुलाई एनआरएनए साउदी अरबको इतिहास हेर्न अनुरोध गर्दछु । सदस्यता शुल्कले संस्थालाई फÞाइदा होइन घाटा भएको अनुभव बटुलेका छौं । हाम्रो बिभिन्न आम्दानीको श्रोतका कारण संस्थाको बैक खातामा पुग नपुग आधा करोड रुपैयाँ जम्मा छ । हामीले सामाजिक कार्यहरुमा खर्च पनि गरिराखेका छौं । प्रायजसो हरेक दिन कुनै न कुनै पीडितले हामीबाट सेवा पाइराखेका छन् ।

अहिलेको कोरोना कÞहरका कारण पीडित बनेका हजारौ श्रमिकलाई लाखौको खाध्यन्न वितवरण गर्नुको साथै केही श्रमिकलाई बासस्थानको समेत ब्यवस्था गरेका छौं । आजै पनि गाडीभरि सामान बोकेर ए राजेन्द्र अर्याल डिआरीज्यु र म गएर विभिन्न स्थानमा रहेका पीडितलाई खाद्यान्न वितवरण गरेका छौं । (तर हामी फÞोटो भिडियो हालेर तडक भडक गरि मिडियावाजी गर्दै पीडितको मजाक बनाउँदैनौं) कतिपय श्रमिकले आफÞै हवाई टिकट काटी नेपाल जान नसक्ने र नेपाल सरकारले पनि हवाई टिकटको ब्यबस्था गर्न नसकेको अवस्थामा वास्तविक पीडितको पहिचान गरी नेपाल जाने हवाई टिकटसमेत एनआरएन साउदी अरबले दिने ब्यवस्था गरेको छ ।

(भर्खर मात्र दुतावासको अनुरोधमा १ जना पीडित महिला र अन्यको अनुरोधमा २ जना पुरुषलाई नेपाल जाने हवाई टिकट उपलब्ध गराएका छौं । संसारको कुनै सस्थाले यो महंगाईको हवाई टिकटको ब्यवस्था गरेको सुनेको छैन) अधिवेशन पनि बिदेशबाट पाहुना बोलाएर भव्य गर्ने गर्छौ । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, रामेशश्वर शाह र राजेन्द्रकुमार शर्मा, सागर नेपाललगायत विभिन्न पाहुनालाई साउदी अरब ल्याइसकेका छौ । (अधिवेशनमा संस्थाको १ पैसा खर्च गर्दैनौं, ऊल्टो नाफा गरेर सस्थाको बैंक खातामा जम्मा गछौं) संस्थाको मासिक बैठक घर, कोठा, चौर या बाटाघाटामा गर्दैनौ ।

चिरपरिचित होटेलमा चिया, पानी, खानपिनका साथ भव्य गर्छौ (त्यहा पनि संस्थाको पैसा खर्चिन्नौ उल्टो त्यसबाट पैसा बचाएर संस्थालाई दिएका छौं ।) त्यसैले साथीहरु गरे जे पनि सम्भव छ, तर विचार, आँट र सहयोगको मनोभाव उच्च हुनुपर्छ । भित्रबाट संस्थालाई माया गर्नुपर्छ ।

विवादित जग्गा हो भन्ने जानकारी हुँदा हुँदै पनि त्यही जग्गामा भवन निर्माण गरियो । लाप्राक जहाँ एनआरएनले घरहरु बनाउदै छ । त्यहाँका जनतालाई घर छानाको साच्चै आवश्यक थियो या थिएन । उनीहरु बिपन्न परिवार हुन या सम्पन्न कतिपयलाई अचम्म लाग्न सक्ला यो सुन्दा त्यहाँका अधिकांश जनता तपाई हामीभन्दा सम्पन्न छन् । शहर बजारमा उनिहरुको घर छ तर को बोल्ने ? कोसँग हिम्मत छ वास्तविकता बाहिर ल्याउन ? जÞति पैसा हामीले त्यहा खर्च ग¥यौं, यदि त्यति पैसा अन्त खर्चेको भए नेपाल भरिका वास्तविक पीडितले छानो पाउने थिए ।
त्यसैले संस्थालाई माया गर्दै सहयोग गर्नु नितान्त जरुरी छ । तर सहयोग गर्ने भन्दैमा आँखा बन्द गरेर होइन बास्तबिकता बुझेर गरेमा उपयुक्त हुनेछ । अहिलेसम्म जति पनि श्रमिक पीडितलाई दिनानुदिन सहयोग संस्थाबाट भैरहेका छन् । यो सदस्य शुल्कले नभएर सबै सहयोगी दाताहरु र हाम्रो आफ्नै आम्दानीको श्रोतबाट भएका छन् । सदस्य शुल्कबाट त १०–२० पीडितलाई सहयोग गर्न पुग्दैन ।

२. महाधिवेशन प्रतिनिधि (डेलिगेड) को २०० डलर निःशुल्कको बिषय यस्ले झन् ठूलो इतिहास रचेको छ । यस्ले चोर, डाँका, दलाल र बिचौलियालाई निर्मुल पारेको छ । त्यसैले तिनै बिचौलिया आफ्नो धन्दा पनि समाप्त हुन लागेका कारण उफ्रेका हुन् ?

३. अनलाइन मतदानको ब्यवस्था हाम्रो पहिलो पटक हो । डराउनु पर्ने संसारकै शक्तिशाली देश अमेरिकालगायत अन्य देशले अनलाइन मतदानको व्यवस्था गरेको छ भने हाम्लाई के को डर किन डराउनु पर्ने ? ब्यवस्थित विश्वसनियता बिषय जटिल हुन्छ त्यस्मा छलफल आवश्यक छ ।

४. महाधिवेशन प्रतिनिधि छनौट (केन्द्र या राष्ट्र दुवैको) को बिषय अलिक जटिल छ । यसलाई व्यवस्थित बनाउनु एकदमै अध्ययनको आवश्यक छ । त्यसैले यस्मा हतार नगरी गलत निर्णय नगरियोस् भन्ने अनुरोध गर्दछु ।

(शैयदको फेसबुक टाइमलाइनबाट प्राप्त पोष्टको सम्पादित अंश)