२० बैशाख २०८१, बिहीबार
Follow Us

भारतमा एकैदिन ७६ हजारमा कोरोना संक्रमण, १ हजारभन्दा बढीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७७, शुक्रबार ०३:५५

नयाँदिल्ली । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले भयाबह रुप लिँदै गएको छ । केही दिनयता भारतमा संक्रमणले नयाँ रेकर्ड कायम गर्दै गएको छ । पछिल्लो २४ घन्टामा भारतमा ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । यो एकै दिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

कोरोना संक्रमणबाट एकै दिन भारतमा १ हजार ६५ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कूल ३३ लाख ८४ हजार ५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । ६१ हजार ६ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै २५ लाख ८३ हजार भन्दा बढी निको भएका छन् । भारतमा केही दिन यता सत्तरी हजारको हाराहारीमा संक्रमित थपिँदै गएका छन् । दैनिक एक हजारको मृत्यु भएको छ ।

कोरोना संक्रमणवाट हालसम्म अमेरिका १ लाख ८४ हजार ७ सय ९६, ब्राजिलमा १ लाख १८ हजार ७ सय २६ र मेक्सिकोमा ६२ हजार ५ सय ९४ को मृत्यु भैसकेको छ । विश्वमा दुई करोड ४६ लाख ५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट आठ लाख ३४ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।