२५ बैशाख २०८१, मंगलवार
Follow Us

भौतिक योजना मन्त्रालयमा कोरोना संक्रमण फैलियो, मन्त्री क्वारेन्टाइनमा

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७७, शुक्रबार ०८:५७

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ होम क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँ आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएन । मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना पोजिटिभ देखिएपछि मन्त्री नेम्वाङ होम क्वारेन्टाइनमा बस्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्रालयका उच्च अधिकारीमा गत बुधबार कोरोना पोजिटिभ देखिएको थियो । आज शुक्रबार मन्त्री नेम्वाङसहित मन्त्रालयका अधिकारी, सचिवालयका सदस्य, सुरक्षाकर्मी तथा कर्मचारीको पीसीआर टेष्टका लागि स्वाव संकलन गरिएको मन्त्रीका सञ्चार विज्ञ सन्दिप राईले जानकारी दिनुभयो ।

मन्त्री नेम्वाङको स्वाव मन्त्री क्वाटरमा संकलन गरिए पनि अन्य कर्मचारी तथा सचिवालयका सदस्यहरुको स्वाव संकलन मन्त्रालयमा भएको राईले जानकारी दिनुभयो । मन्त्रालयका केही उच्च अधिकारीले गत सोमबार परीक्षणका लागि स्वाव दिएका थिए । संक्रमित उच्च अधिकारी एक निजी अस्पतालमा उपचारत रहनुभएको बताइएको छ ।