२९ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७७, मंगलवार ०९:५१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ । हेम्स अस्पतालमा दोस्रो पटक दोहो-याए स्वाब परिक्षण गरेपछि महामन्त्री कोइरालामा संक्रमण पुष्टि भएको हो ।

कोइरालाको पहिलो स्वब परीक्षण शंकास्पद आएपछि दोस्रो पटक परीक्षण गरिएको हो । धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्मका लागि दोस्रो उक्त रिपोर्ट दुई बजे सार्वजनिक भएको हो ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार महामन्त्री कोइरालामा कुनै स्वास्थ्य समस्या देखिएको छैन । केही संक्रमित भेटिएको जानकारी आएपछि स्वाब दिइएको हो,’ तिवारीले भने, ‘ह्याम्स र स्टार अस्पताल दुई ठाउँमा स्वाब दिइएको छ। ढुक्क हुनका लागि दुई ठाउँमा स्वाब दिइएको हो।