२९ बैशाख २०८१, शनिबार
Follow Us

मन्त्रिपरिषद् बैठक स्थगित, प्रवक्ता र कुलमानको कार्यकालबारे शुक्रबार निर्णय हुने

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७७, बिहीबार ०७:१०

काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ । सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आज (बिहीबार) साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुनेबारे पनि निर्णय गर्ने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।

मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए । स्रोतका अुनसार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान नै हुने निश्चित भइसकेको छ । तर कति समयको लागि नियुक्ति गरिने भन्नेबारे भने खुलाइएको छैन ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत पनि सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ ।