४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

पाटन अस्पतालमा कोरोना संक्रमित ६३ वर्षीय पुरुषको मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०७७, शुक्रबार ०५:२३

काठमाडौं । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान मृत्यु भएको हो । २४ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

बिहीबार साँझ पनि विराटनगरको कोभिड उपचार केन्द्रमा संक्रमित एक महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१९ मिलनचौक निवासी ४० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ३ सय १९ पुगेको छ । बिहीबार साँझसम्म ५० हजार ४ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये ३५ हजार सात सय निको भएका छन् ।