२१ बैशाख २०८१, शुक्रबार
Follow Us

१ हजार १७० जनामा कोरोना संक्रमण, ८७९ जना डिस्चार्ज, थप १५ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७७, सोमबार ११:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।
हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबा निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।