२६ बैशाख २०८१, बुधबार
Follow Us

संक्रमितको संख्या २५ हजार बढी भए फेरि लकडाउन

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७७, बुधबार १३:५६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने ।

मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।

१ हजार १७२ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको छ। देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी २४ घण्टामा १८ सय ९३ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार ९५४४ पुगेको छ। सँगै बुधबार सात जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

उपत्यकामा थपिए ६३७
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमध्ये काठमाडौँका ४९२, ललितपुरका ५० र भक्तपुरका ९५ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन् । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका २ र ललितपुरका १ जना रहेका छन् ।