१८ बैशाख २०८१, मंगलवार
Follow Us

सप्तरीमा सीडीओ कार्यालयका अधिकृतसहित ७ जनामा संक्रमण

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७७, शुक्रबार १०:२८

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृतसहित सातजना बिहीबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । राजविराजस्थित अस्पतालमा कार्यरत उनकी श्रीमतीमा शनिबार संक्रमण देखिएपछि प्रशासकीय अधिकृतले पीसीआर परीक्षण गराएका उनको बिहिबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा ३४ वर्षीय प्रशासकीय अधिकृतसहित सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । बिहीबार नै सीडीओका भान्सेको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २९ पुगेको छ । जसमध्ये १२ जनाको मृत्यु भएको छ । ८५१ जनाले कोरोना जितेका छन् ।