१६ बैशाख २०८१, आईतवार
Follow Us

७ जना केन्द्रीय सदस्यमा संक्रमण पुष्टि, काँग्रेस केन्द्रीय समितिको बैठक २५ गते

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७७, आईतवार ०९:३७

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमितिका सदस्यहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका कारण सोमबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थगित केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते दिउँसो २ बजे बस्ने जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो । बैठक बस्नु अघि असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी, रमेश रिजाल र अजयकुमार चौरसिया र आमन्त्रित सदस्यहरु शम्भुलाल श्रेष्ठ लगायतमा कोभिड १९ पुष्टि भएको थियो ।

कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा कार्यालय बन्द थियो । गत असारदेखि कार्यालय खुलेसँगै अनुमतिपत्र वितरण र नवीकरण हुँदै आएको छ । केही समय पहिले भीड बढेको भन्दै अनुमतिपत्र वितरणसमेत केही समय रोकिएको थियो । सेवाग्राही सजग हुँदा मात्रै सेवा नियमित गर्न सकिने उनको भनाइ छ ।