१५ बैशाख २०८१, शनिबार
Follow Us

नेकपा सचिवालय बैठक भोलि मंगलबार बस्ने

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७७, सोमबार १२:१३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि मंगलबार बस्ने भएको छ । आज दुई अध्यक्षबीच सम्पन्न बैठकले सचिवालय बैठक भोलि भोली मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ का अनुसार दुई अध्यक्षबीचको बैठकले सचिवालय बैठक मंगलबार साँझ ४ बजे बोलाउने निर्णय गरेको हो ।

आइतबार साँझ ४ बजेका लागि सचिवालय बैठक तय गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक बस्न सकेन । तर दुई अध्यक्षबीच आइतबार बैठक बसेको थियो । आज बसेको दुई अध्यक्षबीचको बैठकले कार्यसूचीको तयारीबारेमा गृहकार्य गरेको बालुवाटार स्रोतले बताएको छ ।

सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् । भोलि बस्ने बैठकमा प्रदेश ५ को राजधानी विषयमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल हुनसक्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले बताए ।