२५ बैशाख २०८१, मंगलवार
Follow Us

२२ सय कार्यकर्ताले पार्टी छाडेपछि नेकपाका महासचिव पौडेल तनावमा

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७७, मंगलवार १२:१४

काठमाडौं । प्रदेश नं ५ को राजधानी बुटवललाई नबनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई हजार २ सयभन्दा बढी कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । नेकपा सरकारले बुटवलमा राजधानी तोक्न नसकेमा उनीहरु रुष्ठ भएर नेकपाबाट राजिनामा दिएका हुन् ।
प्रदेशको स्थायी राजधानी बुटवलबाट सारेर दाङ भालुवाङमा प्रस्ताव गरेपछि नेकपाका २ हजार बढी कार्यकताले पार्टी छाडेको घोषणा गरेसँगै नेकपाका महासचिव विष्णु पौडेललाई ठूलो घाटा लागेको छ । नेकपा महासिचव विष्णु पौडेलका गृह जिल्लाका २ हजार २ सयले पार्टी सदस्यताबाट राजीनामा दिएसँगै उनी तनावमा परेका हुन् । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरि नेकपाले पूर्वाधार सम्पन्न बुटवलबाट राजधानी दाङ सारेर चुनावि एजेन्डा र जनभावनाको अवमूल्यन गरेकाले राजीनामा गरेको बताएका छन् । राजीनामा दिनेहरुमा पार्टीको केन्द्रीय बिभागका सदस्यहरु समेत छन्।

यस क्षेत्रमा रहेका ३५ वटा व्यवासायिक संघसंस्थामा दुई हजार तीनसय नेकपा सदस्य छन । यता मुख्यमन्त्री शंकर पोखरेलले भने प्रदेशको राजधानी दाङको देउखुरी १२ जिलालामा रहेका नागरिकहरुलाई भौगोलिक अवस्थाले सबैको साझा र माझ पर्ने बताएका छन् । मंगलबार विशेष समयमा बोल्दै मुख्यमन्त्री पोखरेलले सो स्थानलाई राजधानी बनाएर बुटवललाई आर्थीक हबको रुपमा विकास गर्ने जनाए । प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि सहमतिका लागि मंगलबार बैठक भइरहदा बाहिर सडकमा भने प्रदर्शन भइरहेको छ । सडकमा विपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरु बिरोध जारी राखेका छन् ।

मंगलबार राजनीतिक दलहरुबिच सहमति नभए राजधानीको पक्ष र बिपक्षमा मतदान हुने छ । मतदानका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी दल नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।

सरकारले ल्याएको प्रस्ताव माथि तीन जनाले संसोदन प्रस्ताव हालेका छन् । प्रदेश सभामा ८७ जना सांसदहरु रहेका छन् । जसमा ६१ जना सांसद नेकपाका रहेका छन् । त्यस्तै नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद प्रदेश नं.५ मा रहेका छन् । जसमा सभामुख र उपसभामुखले मतदान गर्न पाउने छैनन। नेकपा ५९ जनाले मात्र मतदान गर्न पाउनेछन् ।