२१ बैशाख २०८१, शुक्रबार
Follow Us

थपिए ४३६४ कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७७, बिहीबार ११:५८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २६७५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

२६ सय ७५ डिस्चार्ज
गत २४ घण्टामा देशभरबाट २६ सय ७५ जना कोरोना मुक्त भइ घर फर्केका छन् । बिहीबार ३६ सय ७५ जना कोरोना मुक्त भए संगै देशभरबाट हाल सम्म ७१ हजार ३ सय ४३ जना कोरोना मुक्त भइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल २६ हजार ६ सय ८४ सक्रिय संक्रमित रहेका छन् । यस्तै हाल संस्थागत आइसोलेशनमा ११ हजार ७ सय १७ र होम आइसोलेशनमा १४ हजार ९ सय ६७ जना रहेका छन् । नेपालमा कुल कोरोना संक्रमित मध्य ७२.३ प्रतिशत कोरोना मुक्त भएका छन् ।

उपत्यकामा थपिए २५४० संक्रमित, थप ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०८५, ललितपुरमा ३२०, भक्तपुरमा १३५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा एक जना महिला र दुइ जना पुरुष तथा ललितपुर र भक्तपुरमा एक एक जना महिलाको संक्रमणबाट मृत्यु भएको छ ।