२४ बैशाख २०८१, सोमबार
Follow Us

दिलमाया फाउण्डेसनद्वारा एक लाख रुपैयाँको पुरस्कार स्थापना

नेपालब्रिटेन संवाददाता
१ कार्तिक २०७७, शनिबार ०८:५८

लन्डन । दिलमाया मेमोरियल फाउण्डेसनले युवा सामाजिक अभियन्ताहरुलाई प्रोत्साहन दिने उद्देश्यले एक लाख रुपैयाँ बराबरको बार्षिक पुरस्कार घोषणा गरेको छ । समाजको विकास, समृद्दी, न्याय र सशक्तिकरणका लागि प्रभावकारी योगदान पु्ुर्याउँदै आएका युवाहरुको सार्वजनिक प्रोफाइलमाथि उकास्न सहयोग गर्नु दिलमाया युथ इन्फ्लुएन्सियल अवार्ड स्थापनाको प्रमुख उद्देश्य भएको फाउण्डेसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘समाजलाई सशक्तिकरण गर्नमा उदाहरणीय भूमिका खेल्ने युवा सम्भावनाहरुलाई पुरस्कृत गर्ने भन्ने हाम्रो लामो समयदेखिको सपना अब साकार भएको छ’ फाउण्डेसनका संस्थापक तथा अध्यक्ष खुशी लिम्बूले प्रेशित विज्ञप्तिमा भनिएको छ ।

देश–विदेशमा रहेका उमेर १५ देखि ३५ बर्षसम्मका पेशेवर तथा स्वयंसेवक युवा अभियन्ताहरुलाई आवदेनका लागि फाउण्डेसनले आब्हान गरेको छ । विजेताले लण्डनमा हरेक बर्ष आयोजना गरिने पुरस्कार समारोहमा ट्रफी, प्रमाणपत्र र ६६६ पाउण्ड स्टर्लिङ बराबरको नगद प्राप्त गर्नेछ ।

विकासशील राष्ट्रहरुमा शैक्षिक तथा स्वाथ्यका पूर्वाधारहरुको विकास गर्न सहयोग पुर्याउने उद्देश्य सन् २०१७ मा बेलायतमा स्थापित दिलमाया फाउण्डसनले हालसम्ममा १५ लाख रुपैयाँभन्दा बढी सहयोग नेपाल पठाइसकेको विज्ञप्तिमा उल्लेख छ ।