२६ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्रीले भारतीय रअ प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा विपरीत : नेता रावल

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७७, बिहीबार १२:१०

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भीम रावलले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचरसंस्था रअ का प्रमुखलाई गोप्य रुपमा भेटेको कुरामा आपत्ती जनाएका छन् ।

नेकपा सुदुरपश्चिम संयोजक र पुर्बगृहमन्त्री समेत रहेका नेता रावलले सामाजीक संजाल ट्वीटरमा ट्वीट गर्दै भारतीय रअ प्रमुखलाई गोप्य रुपमा भेट्नु कूटनीतिक मर्यादा विपरीत रहेको जनाएका छन्

उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ।’