२२ बैशाख २०८१, शनिबार
Follow Us

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७७, बुधबार ०४:५२

काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णप्रसाद प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । उनमा मंगलमबार संक्रमण पुष्टि भएको हो ।

पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको थियो । यद्यपि, स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए । उनका छोरा राजेशमा पनि संक्रमण पुष्टि भएको छ ।