१६ बैशाख २०८१, आईतवार
Follow Us

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७७, बिहीबार ०६:०५

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई रहेका छन् ।

उनीहरु मिक्लाजुङको घुर्मिसेवाट पक्राउ परेका हुन । घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथवाठ भरुवा बन्दुक एक थान, जिलेटिन तीन केजी, सुतली बम दुई थान, सकेट बम एक थान, टुकी बम एक थान बरामद भएको छ ।

त्यस्तै इलेक्ट्रिक डेटोनेटर पैतिस थान, ननइलेक्ट्रिक डेटोनेटर अठार थान, गन पाउडर र बारुद चार बट्टा लगायतका सामग्री बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।