१८ बैशाख २०८१, मंगलवार
Follow Us

बरालको अनसन तोडियो

नेपालब्रिटेन डट कम्
६ पुष २०७३, बुधबार ०८:२३

चितवन । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नाका भएको पाँच बिकासक्षेत्र लाई पाँच प्रदेश बनाईनुपर्ने लगायतका ११ बुँदै माग राख्दै आमरण आनसन बस्नु भएकी तारा वरालको असनसन तोडिएको छ । लोकतन्त्रको मुल्यमान्यतालाई व्यवास्था गर्दै नेताहरु स्वार्थमा लागेको भन्दै अनसन बस्नुभएकी भरतपुर १२ की तारा बरालले सांसद गीता वाग्लेको हातवाट जुस खाएर विभिन्न व्यक्तिको रोहवरमा अनसन तोढ्नु भएको छ । ५ दिनदेखि आमरण अनसन बस्नुभएकी बरालले हिजो मंगलवार चितवनका सांसदहरु, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, शन्तराम दराई, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यलय चितवनकाका प्रहरी प्रमुख दिपक थापा ,महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ता कुमारी पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक राजन भेटवाल पत्रकार मानवअधिकारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिसतमा उहाँले अनसन तोड्नु भएको हो ।
उहाँको मागको बारेमा सांसदहरु केन्द्र तहमा पु-याएर सम्बोधन गर्न पहल गर्ने सहमतीमा अनशन तोडिएको हो । अनसन तोड्नु अघि तारा वरालले सबै जनता भलो र देशकोे निकासको र्लािग अनसन भ बसेको बताउनु भयो उहाँले क्षणिक स्वार्थमा नलागिकन राष्ट्र र राष्ट्रियताको माया गर्न अपिल समेत गर्नुभयो । उहाँले छिटै नै काठमाडौ केन्द्रित कार्यक्रम समेत गर्ने बताउदै त्यसको लागि सबै नेपालीले साथ दिन आग्रह पनि गर्नुभयो ।
चितवन राष्टिय निकुञ्जलाई प्रदेसमा विभाजन गर्न नहुने खेति योग्य जमिनलाई प्लट्रिङ् गर्न रोकिनु पर्ने, मुलुकलाई चांडो दीर्घकालिन निकास र देश विकासको लागि युवाहरु लक्षित कार्यक्रम ल्याउनुपर्नै लगायतका ११ वुधे माग राख्दै जिविस चितवन परिसरमा अनसन बस्नु भएको हो । बरालले अनसनको दोस्रो दिन सहयोगीको साथमा चितनवनमा भएको आदीवासीको कार्यक्रममा आउनु भएका प्रधानमन्त्री प्रचण्डलाई समेत आपनो मागपत्र पेश गर्नु भएको थियो ।
सिर्जना अर्याल