२३ बैशाख २०८१, आईतवार
Follow Us

३०५१ कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७७, बिहीबार ११:३८

काठमाडौं । नेपालमा थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ६८ पीसीआर नमूना परीक्षण गर्दा १ हजार ८ सय ४२ पुरुष र १ हजार २ सय नौ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै १ हजार ३ सय ९८ संक्रमित थपिएका छन ।

तिमध्ये काठमाडौंका १ हजार ९१, भक्तपुरका १ सय ४७ र ललितपुरका १ सय ६० जना रहेका छन । पछिल्लो २४ घन्टामा प्रदेश १ मा ३ सय ८०, प्रदेश २ मा ७९, प्रदेश ३ मा १ हजार ६ सय ३४, गण्डकीमा २ सय ७९, लुम्बिनीमा ५ सय ९७, कर्णालीमा ५ र सुदुरपश्चिममा ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ । तिमध्ये २९ हजार ५ सय ७४ जना होम आइसोलेसनमा रहेका छन । ६ हजार ९ सय चालिस संस्थागत आइसोलेसनमा छन । ४ सय २८ जनाको सघन उपचार कक्ष र ७४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । २४ घन्टामा देशभर थप ३ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन । योसँगै हालसम्म १ लाख ४८ हजार ४ सय ८ पुगेको छ । कोरोनामुक्त हुनेको दशर ७९ दशमलब आठ प्रतिशत रहेको छ ।

अहिले देशभर १ हजार २ सय ३२ जना क्वारेन्टिनमा रहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १५ लाख ७ हजार १ सय ९० पीसीआर नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार ५२ पुगेको छ ।