२० बैशाख २०८१, बिहीबार
Follow Us

संसद अधिवेशन तत्काल बोलाउन बाबुराम भट्टराईको माग

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७७, शनिबार ११:४०

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन् । आज ट्वीट गर्दै उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद अधिवेशनमा छलफल गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने भट्टराईको भनाइ छ । उनले सरकारका दुष्कर्म–कुकर्म जनता र प्रतिपक्षी दलको पनि गम्भीर चासोको विषय हुनाले ति मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्नुपर्नेमा जोड दिएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि संसद अधिवेशन बोलाउनुपर्ने माग गर्दै आएको छ ।