३१ बैशाख २०८१, सोमबार
Follow Us

आफू निर्वाचित भए महासंघमा निकै सुधार गर्ने ढकालको प्रतिबद्धता

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७७, आईतवार ०९:२७

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू निर्वाचित भए महासंघमा निकै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुटवल उद्योग वाणिज्य संघद्वारा आयोजित स्वागत तथा चुनावी प्रचारप्रसार सभालाई आइतवार सम्बोधन गर्दै ढकालले सुधारको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

साना व्यवसायीदेखि कर्पोरेट क्षेत्रका सबै उद्योगीहरुको समस्या आफूले राम्रोसँग बुझेको उल्लेख गर्दै उनले निर्वाचित भए महासंघको कमीकमजोरी सुधार्ने र सम्पूर्ण व्यवसायीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल र उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले ढकालको प्यानलले जिते महासंघको मुहार फेरिने दाबी गरे । महासंघको निर्वाचन अगामी मंसिर ११, १२ र १३ गते काठमाडौँमा हुँदैछ ।