३० बैशाख २०८१, आईतवार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७७, सोमबार ०५:११

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । उदयपुर, झापा, सिरहा र रुपन्देहीका एक–एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा ज्यान गएको छ ।

त्यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । त्यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

केही दिनयता नेपालमा संक्रमितको मृत्युदर बढेको छ । दशैंपछिका १३ दिनमा २ सय ४६ जनाको मृत्यु भएको छ । आइतबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । आजसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय १२ पुगेको छ ।