२८ बैशाख २०८१, शुक्रबार
Follow Us

हङकङको एक रेस्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०७७, सोमबार ०४:०२

हङकङ । हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । अठार जना घाइते भएका छन् । जसमध्ये अधिकांश नेपाली रहेका छन् । आगलागीबाट एक नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चार पुरुष र तीन जना महिला रहेका छन् । त्यस्तै गम्भीर अवस्थामा तीन पुरुष र चार महिलाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइते भने डिस्चार्ज भएका छन् ।

क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।