३१ श्रावण २०८२, शनिबार
Follow Us

ट्रम्प–पुटिन वार्ता : युक्रेन युद्धबारे कुनै सम्झौता हुन सकेन

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०८२, शनिबार ०४:३५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा वार्ता सम्पन्न भएको छ ।

वार्ता युक्रेन युद्धविराम घोषणाबिना नै टुंगिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको बताएका छन् । वार्ता उपलब्धिमूलक भएको बताए पनि वार्तामा कुनै सम्झौता नभएको उनको भनाइ छ ।

रुसी राष्ट्रपति पुटिनले युक्रेनको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार अलास्कामा ट्रम्पसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले ट्रम्पसँग मिलेर युक्रेनको सुरक्षा सुनिश्चित गर्न तयार भएको प्रतिक्रिया दिएका हुन् । साथै उनले ट्रम्पसँगको अर्को भेट मस्कोमा गर्न प्रस्ताव समेत गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्प र पुटिन करिब १० मिनेटसम्म मञ्चमा सँगै उभिएर सम्बोधन गरेका थिए। दुवैले वार्तामा प्रगति भएको जनाए पनि ठोस सम्झौतामा पुग्न सकेनन्।

ट्रम्पले चाँडै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गर्ने बताएका छन्।

धेरै पढिएको