३१ श्रावण २०८२, शनिबार
Follow Us

प्रधानमन्त्री ओलीलाई बहिनी कौशल्याको हातको टिको

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०७७, सोमबार १२:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा भाइटीका लगाउनुभएको छ ।

बहिनी कौशल्या कोइरालाको हातबाट प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले टीका लगाउनुभएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कोइरालाले प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिकालाई पनि टीका लगाइदिनुभयो ।

प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयो । कोरोना महामारीले अरु बहिनीहरु झापामै रहेकाले एकजना बहिनीले मात्रै भाइटीका लगाइदिनुभएको हो ।

धेरै पढिएको