२८ बैशाख २०८१, शुक्रबार
Follow Us

१७०३ जनामा कोरोना संक्रमण, १२३६ डिस्चार्ज, २३ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०७७, शुक्रबार ११:१६

काठमाडौं । शुक्रबार १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जंनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार थप १ हजार ७०३ जनालाई कोरोना संक्रमण देखिएको हो । यससँगै हालसम्म २ लाख २९ हजार ३४३ मा कोरोना संक्रमण भएको छ । नेपालमा जम्मा पीसीआर १७ लाख १० हजार ४६० भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा पनि २३ जना संक्रमितको मृत्यु भएको छ । बिहीबार पनि २३ जना नै संक्रमितको मृत्यु भएको थियो । यसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या १ हजार ४३५ पुगेको छ । बिहीबार सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।