३० बैशाख २०८१, आईतवार
Follow Us

१४९० कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७७, बुधबार १२:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ९० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १४ सय ९० सहित संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ।

मन्त्रालयका अनुसार आज १ हजार ५६७ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ। देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ५४७ जनाको उपचार भइराखेको छ।