१ आश्विन २०८२, बुधबार
Follow Us

गैरराजनीतिक व्यक्ति मात्र समेटेर मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८२, मंगलवार १२:११

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको सङ्ख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । उनले अब बन्ने मन्त्रीहरू पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी छन् ।

‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ‘ उनले भनिन् । उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरूमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिइन् ।

‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरूलाई ल्याउँछौँ त्यस्ता मान्छे खोजिइरहेको छ’ उनले भनेकी छन् ।

राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषदमा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उनले बताइन् ।

धेरै पढिएको