२७ बैशाख २०८१, बिहीबार
Follow Us

कडकनाथ कुखुरा पालनबाट लाखौं आम्दानी !

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७७, बिहीबार १४:४४

बाँके । नेपालमै पहिलो पटक बाँकेको गनापुरमा कडकनाथ कुखुरा पालन थालिएको छ । कडकनाथ कुखुरा पालन र उत्पादन समेत भएपछि राजधानी काठमाण्डौंदेखि देशका बिभिन्न जिल्लाबाट समेत यसको माग बढ्दै गएको छ ।

रुकुमबाट बर्दिया झरेका कमल वली पाँचबर्ष कोरिया बसेर नेपाल फर्किए लगत्तै बाँकेको गनापुरमा कडकनाथ कुखुरा पालन गरेर मासिक तिन लाख आम्दानी गर्दै आएका छन् । बिदेशमा सिकेको सिपलाई नेपालमै सदुपयोग गर्ने उद्देश्यका साथ लागेका कमल वलीले २०७६ साउन देखि एबिएम कृषि फार्म खोलेर ब्यबसायिक रुपमा कडकनाथ, लौकाट, बट्टाई, हाँस, टर्की र उन्नत जातका बाख्रापालन ब्यबसायमा जुटेका हुन् । हाल फार्ममा पाँच सय सम्म कुखुरा उत्पादन हुँदै आएको छ । मासिक तीन लाख बराबरको कुखुरा बिक्रि भईरहेको छ ।

कोरियाबाट फर्किएको १५ दिनमै फार्म सञ्चालनमा ओली जुटेका थिए । शुरुमा २४ लाख रकम लगानी गरेर कृषि फार्म संचालनमा ल्याएका वलीले कडकनाथ कुखुरा पालनमा बढी जोड दिएका छन् । उनको फार्ममा सात जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन । उनले उत्पादन गरेका कडकनाथ कुखुरा काठमाण्डौं, पोखरा देखि पहाडी जिल्लाहरुमा समेत जाने गरेको छ ।
जाने गरेको बताउछन् ।

कडकनाथ कुखुराको मासुमा स्वास्थ्यका दृष्टिकोणले उच्च रक्तचाप, मधुमेह, शारिरिक कमजोरी देखि बोसोको मात्रा निकै कम हुने भएकाले जुनसुकै मानिसले खान मिल्ने भएकाले खपत बढ्दै गएको छ । कोरियावाट सीप सिकेर फर्केका ओली बदेश जान चाहने युवाहरुलाई बिदेश गएर त्यहाँको सिप सिकेर आफ्नै देशमा सदुपयोग गर्न समेत सुझाव दिन्छन ।

कृषि कार्यमा लागेकाहरुलाई सरकारले प्रोत्साहन नगरेको ओलीको गुनासो छ । ओलीले पनि अहिलेसम्म कुनै निकायवाट सहयोग पाएका छैनन । कागजी रुपमा देखिने किसान भन्दा कमल वली जस्तै वास्तबिक किसानलाई पहिचान गरी राज्यका तिनै तहका सरकारले अनुदान दिने हो भने कृषि कर्ममा युवाहरुको आकर्षण बढने थियो कि ?