२८ बैशाख २०८१, शुक्रबार
Follow Us

विवकेशील र साझा पार्टीबीच एकता, चुनाव चिन्ह तराजु

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७७, बुधबार ०७:३७

काठमाडौं । विवकेशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने भएको छ । दुबै दलले दिउसो भर्चुअल माध्यमवाट पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्न लागेका हुन् ।

नयाँ गठन हुने पार्टीमा साझाका रविन्द्र मिश्र अध्यक्ष र विवेकशीलका मिलन पाण्डेले संयोजकको जिम्मेवारी पाउने भएका छन् । नयाँ पार्टीको नाम विवेकशील साझा र चुनाव चिन्ह तराजु राख्ने सहमति भइसकेको छ ।

एकिकृत पार्टीको छ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति पनि भएको छ । कोरोना भाइरस महामारी रहेकोले भर्चुअल माध्यमवाट दल एकीकरण घोषणाको कार्यक्रम गर्ने तयारी छ ।

दुवै दलबाट केन्द्रीय समितिमा ६५ –६५ जनाको प्रतिनिधित्व हुने सहमति भएको छ । सचिवालय भने २६ सदस्यीय बनाउने सहमति भएको छ ।

पार्टी एकताप्रति विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईसहित १३ जनाले भने असहमति राखेका छन । २०७४ साउनमा एक भएका दुबै दल २०७५ पुसमा विभाजित भएका थिए ।