१ जेष्ठ २०८१, मंगलवार
Follow Us

थपिए ७१० जना कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
४ पुष २०७७, शनिबार ११:२२

काठमाडौं । नेपालमा आज थप ७१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ११७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४२ हजार ५ सय ७६ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७७७ रहेको छ ।