२५ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेकपा स्थायी समितिको बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार ०३:३६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेका राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर छलफल हुनेछ ।

दुवै पक्षका शीर्ष नेताहरुबीच सहमति हुन नसकेकाले आजको बैठकका एजेण्डा नै तय हुन सकेका छैनन् । बैठक अघि आज पनि पार्टीका नेताहरुले विवादास्पद विषयमा सहमतिको प्रयास गर्ने बताइएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष दाहालको प्रतिवेदन र त्यसमा ओलीले प्रस्तुत गरेको जवाफमा छलफल गर्ने विषयमा नेकपाका विवाद छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली दाहालको प्रतिवेदनमाथि छलफल नै हुनु नहुने अडानमा छन् । उनले त्यो फिर्ता गरेर दुई अध्यक्षले साझा प्रस्ताव बनाउन प्रस्ताव गरेपनि दाहालले मानेका छैनन् ।

सोही विषयमा शनिवार खुमलटारमा छलफल भएपनि सहमति जुटन सकेन । संवैधानिक परिषद सम्बन्धी अध्यादेशपछि नेकपाको विवाद थप चुलिएको छ । अध्यादेश फिर्ता गर्न पार्टीले निर्णय गरेपनि ओलीले अझै औपचारिक रुपमा त्यसलाई फिर्ता गरेका छैनन् ।